बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

    लन्डन / बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।

    images
    images
    images

     यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् ।

     बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराएको थियो ।

    साथै प्रधानमन्त्री जोन्सनले यो समेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका जानकारी पनि दिनुभएको थियो ।

     उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताएको थियो ।

    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो ।

     प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टा भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

    साताको लोकप्रीय