बजेट फ्रिज नगर्न मन्त्री अथकको निर्देशन 

बजेट फ्रिज नगर्न मन्त्री अथकको निर्देशन 

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • बजेट फ्रिज नगर्न मन्त्री अथकको निर्देशन 

    काठमाडौँ / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज गर्न निर्देशन दिएका छन् । 

    images
    images

    बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुखहरूको बैठकमा मन्त्री अथकले बजेट फ्रिज नगरी तिव्रताको साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । 

    विकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले विकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरूले ठेक्का पाईसकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले विकासको गतिपछि धकेलिएको स्मरण गराए । 

    करिब एक दर्जन बढी कार्यालय प्रमुखहरूको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनै पनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए । 

    कार्यालय प्रमुखहरूका बिच सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरूलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनुपर्ने बताए।

    त्यसक्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतीकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुन लागेका सडक तथा पुल र विकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरूसँग जानकारी लिने काम भएको थियो ।

    बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरूले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएका छन् । यसअघि मन्त्री अथकले मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरूसँग छलफल गरेका थिए । 

    राष्ट्रिय युवा परिषद्को कार्यक्रममा सहभागी हुन बाँके पुगेका मन्त्री अथक आज काठमाडौँ फर्किएका छन् । 

     

    साताको लोकप्रीय