थप २८० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

थप २८० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • थप  २८० जनामा कोरोना संक्रमण पुष्टि,  २ को मृत्यु

    काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १६८ पीसीआर परीक्षण गर्दा  २५५ मा  र ३ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमाण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए । 

    images
    images

     त्यस्तै मन्त्रालयको अनुसार ३६६ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको संख्या २ रहेको छ । 
    हाल सम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार २३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

     २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर २.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्मको कुल परीक्षणको संक्रमणदर भने १७.६ प्रतिशत रहेको बताए । 

     

    साताको लोकप्रीय