राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

    images
    images

    सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी  निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् । 

    यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरु बाट भुक्तानी हुनेछ । 

    अब विदेशमा रहेका नेपालीहरूले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नु हुनेछ र ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाताग्राहीहरूले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ । 

    यसपछि मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा व्यापक रूपमा कारोवार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरूले विदेशबाट पठाएको रेमिट्यान्स् सिधैँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, आर.बि बि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ ।

    यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरी रहेका १० हजारभन्दा बढी इसेवा मनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरूबाट पनि भुक्तानी गर्न सकिनेछ ।

    उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, ईसेवामनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र वस्नेत लगायत कर्मचारीहको उपस्थिति रहेको थियो ।

    बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ । 

     

    साताको लोकप्रीय