लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा, शाखा संख्या ७९ पुग्यो 

लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा, शाखा संख्या ७९ पुग्यो 

अर्थ डबली
सोमवार, माघ ३ २०७८
अर्थ डबली
सोमवार, माघ ३ २०७८ (अर्काइभ बाट)
  • लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा, शाखा संख्या ७९ पुग्यो 

    काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडले माघ ३ गते सोमबारदेखि थप दुई शाखाहरू सञ्चालनमा ल्याएको । 

    images
    images

    देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरूलाई बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

    नयाँ शुभारम्भ भएका शाखाहरूमा ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ “ख” लाइन स्थित तुल्सीपुर शाखा र ७९ औँ शाखाको रूपमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा रहेका छन् । 

    दुईवटा नयाँ शाखाहरुको बिस्तार संगै हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।  

    यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका  ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

    ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

    साताको लोकप्रीय