जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग

जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग

अर्थ डबली
बिहिवार, चैत १७ २०७८
अर्थ डबली
बिहिवार, चैत १७ २०७८ (अर्काइभ बाट)
  • जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग

    काठमाडौँ / लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री जनता आधारभूत विद्यालय, लालबन्दि ११, सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग हस्तानतरण गरेको छ । 

    images
    images

    बैकले सहयोग स्वरुप रु. ५० हजार नगद सहयोग विद्यालयलाई हस्तान्तरण गरेको हो । 

    बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतो लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

    मोहन राज गिरीले  जनता आधारभुत विद्यालयमा सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । 

    लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै श्री जनता आधारभुत विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोले यस विद्यालयमा रहेका विद्यार्थीहरुको लागी शौचालय निर्माणमा खर्च गरिने बताए । 

    कार्यक्रममा बैंकका लालबन्दि शाखाका शाखा प्रवन्धक आशिष कुमार भट्टराई, कर्मचारी दयाराम गौतम तथा दिप्ती अधिकारी र विद्यालयको तर्फबाट लालबन्दि नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीमती लक्ष्मी शिवाकोटी, वडा नं. ११ का वडा सदस्य उमेश महतो, भुतपुर्व विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्री संग्राम सिंह गोले लगायतको उपस्थीति रहेको थियो । 

    विद्यालयमा हाल २५३ विद्यार्थी रहेका छन् । उक्त विद्यालय २०३५ सालदेखि सञ्चालन भईरहेको छ । हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

    ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

    साताको लोकप्रीय