ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

अर्थ डबली
बिहिवार, चैत २४ २०७८
अर्थ डबली
बिहिवार, चैत २४ २०७८ (अर्काइभ बाट)
  • ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

    काठमाडौँ / ज्योति विकास बैंकले २०७८ साल चैत्र २४ गते बिहिबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। 

    images
    images

    बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।
     
    लहान नगरपालिका वडा नं. ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । 

    साथै, कटारी नगरपालिका वडा नं. ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए । 

    उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
     

    नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले लहान र कटारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोर्ड, निस्शुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक रमासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

    साताको लोकप्रीय