ज्योति विकास बैंकद्वारा घान्द्रुकको एटिएम सञ्चालन, पहुँच सहज बनाउने बैंकको उद्देश्य

ज्योति विकास बैंकद्वारा घान्द्रुकको एटिएम सञ्चालन, पहुँच सहज बनाउने बैंकको उद्देश्य

अर्थ डबली
सोमवार, चैत २८ २०७८
अर्थ डबली
सोमवार, चैत २८ २०७८ (अर्काइभ बाट)
  • ज्योति विकास बैंकद्वारा घान्द्रुकको एटिएम सञ्चालन, पहुँच  सहज बनाउने बैंकको उद्देश्य

    काठमाडौं / ज्योति विकास बैंकले  यहि  चैत २७ गते बाट चर्चित पर्यटकीय स्थल घान्द्रुक कास्कीमा पहिलो एटिएम सेवा सञ्चालनमा ल्याएको छ। 

    images
    images

    बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटिएम सञ्चालनमा ल्याइएको हो।

    कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरूङले एटिएम बुथको समुद्घाटन गरेका थिए । 

    कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी,घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
     
    उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो एटिएम सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए । 

    बैंकले हालसालै बैंकिङ्ग पहुँचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम,कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ।  

     

    साताको लोकप्रीय