बीमा समितिद्वारा २२ बीमा कम्पनीलाई कारवाही, हेर्नुस् सूचीसहित 

बीमा समितिद्वारा २२ बीमा कम्पनीलाई कारवाही, हेर्नुस् सूचीसहित 

अर्थ डबली
बिहिवार, असार ९ २०७९
अर्थ डबली
बिहिवार, असार ९ २०७९ (अर्काइभ बाट)
  • बीमा समितिद्वारा २२ बीमा कम्पनीलाई कारवाही, हेर्नुस् सूचीसहित 

    काठमाडौँ / बीमा समितिले लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनीहरूलाई कारवाही गर्ने भएको छ । समितिले समयमा लेखापरीक्षण नबुझाएको भन्दै बीमा कम्पनीहरूलाई १० हजार रुपैयाँदेखि १० हजार ५०० रुपैयाँका दरले कारवाही गर्ने भएको हो । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परीक्षण प्रतिवेदन समयमै समितिमा नबुझाएका कम्पनीहरूलाई कारोवाही गरेको हो । 

    images
    images

    नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गरेको तथा दायराभन्दा बाहिर बसेको भन्दै विभिन्न बीमा कम्पनीहरूलाई कारवाही गर्दै आएको थियो । 

    समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ । कम्पनीहरूले गत आ.व. २०७७/७८ मा समेत पुनः उक्र दफाको उल्लङ्घन गरेको कारण सोही दफाबमोजिम ५०० रुपैयाँ थप गरी प्रत्येकलाई १० हजार ४०० रुपैयाँका दरले जरीवाना गरेको समितिले जनाएको छ । 

    समितिले राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्सयोरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, दि ओरिएण्टल इन्स्योरेन्स्, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई १० हजार ५०० रुपैयाँका दरले जरिवाना गरेको हो । 

    त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलाययन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई समितिले १० हजार रुपैयाँको दरले जरिवाना गरेको छ । 

    समीतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो।’
    Beema companey.JPG

    साताको लोकप्रीय