एस.जि ग्रुपद्वारा मोटरहेड तथा टारो ब्राण्डको लागि एक्सचेञ्ज क्याम्प, केके छन् सुविधा ? 

एस.जि ग्रुपद्वारा मोटरहेड तथा टारो ब्राण्डको लागि एक्सचेञ्ज क्याम्प, केके छन् सुविधा ? 

अर्थ डबली
सोमवार, भदौ २७ २०७९
अर्थ डबली
सोमवार, भदौ २७ २०७९ (अर्काइभ बाट)
  • एस.जि ग्रुपद्वारा मोटरहेड तथा टारो ब्राण्डको लागि एक्सचेञ्ज क्याम्प, केके छन् सुविधा ? 

    काठमाडौँ / मोटरहेड तथा टारो ब्राण्डको नेपालका लागि आधिकारिक वितरण एस.जि गु्रपले आजदेखि एक्सचेञ्ज क्याम्प सञ्चालन गरेको छ । कम्पनीले आजदेखि भदौ ३१ गतेसम्म हुने एक्सचेञ्ज क्याम्पमा दुई जना भाग्यशाली विजेतालाई कम्पनीबाट फूल इन्स्योरेन्स छुट जनाएको छ । 

    images
    images

    क्याम्पमा जस्तोसुकै अवस्थाको वाइकहरूमा कम्तिमा २५ हजार रुपैयाँको मूल्याङ्कन हुने र जुनसुकै व्राण्डको वाइकसँग एक्सचेञ्जमा बजार मुल्याङकन भन्दा २० हजार रुपैयाँ हुनेछ ।

    कम्पनीको उक्त अफर काठमाडौँ उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, नक्साल, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागु हुनेछ । यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत भदौ १९ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुने गरी आफ्नो ‘४ को चमत्कार, वाइक पनि वचत पनि’अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरूलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय रुपैयाँदेखि एक लाख रुपैयाँ जित्न सकिने अफरको साथै वम्परमा एक जना भाग्यशाली विजेताले एक लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ । 

    यसका साथसाथै टेक्कन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । 

    टारो ब्राण्डका वाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुटमार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरूमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरलको खरीदमा १५ हजार रुपैयाँ छुटको अफर अघि सारेका छ ।
    कम्पनीले वम्पर अफरमा गोला प्रथाद्वारा एक जना भाग्यशाली खरीदकर्ताले पाँच वर्षको कर तथा विमा छुटको अफर पनि ल्याएको छ । ग्राहकहरूले कम्पनीको शोरुममा गई टेस्ट राइड तथा पोज एण्ड पोस्ट क्याम्पेनअन्तर्गत फोटो खिची लाइक एण्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।

    साताको लोकप्रीय