प्रभु बैङ्क र होटल गाउँबेसीबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता 

प्रभु बैङ्क र होटल गाउँबेसीबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता 

अर्थ डबली
शुक्रवार, असोज १४ २०७९
अर्थ डबली
शुक्रवार, असोज १४ २०७९ (अर्काइभ बाट)
  • प्रभु बैङ्क र होटल गाउँबेसीबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता 

    काठमाडौँ / प्रभु बैङ्क लिमिटेड र वालिङ्ग, स्याङ्जास्थित होटल गाउँबेसी प्रा.लि.बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    images
    images

    बैङ्कका तर्फबाट वालिङ्ग शाखा कार्यालय प्रमुख सन्तोष कुमार पौडेल र होटल गाउँबेसीका तर्फबाट अध्यक्ष सुदन श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    प्रभु बैङ्क र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार बैङ्कमा खाता खोली बैङ्किङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले होटल गाउँबेसीद्वारा सञ्चालित ‘फुड र वेभरेज’ सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

    उक्त सम्झौताअन्तर्गत होटल गाउँबेसीमा सुविधा लिन चाहने ग्राहकहरूले प्रभु बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ्ग, इन्टरनेट बैङ्किङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, होटल गाउँबेसीका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । सो सम्झौताबाट बैङ्कका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास रहेको बैङ्कले जनाएको छ । 

    साताको लोकप्रीय