साङ्ग्रिला कल सेन्टरको रूपमा साङ्ग्रिला कस्टुमर केयर, केके छन् सुविधा ? 

साङ्ग्रिला कल सेन्टरको रूपमा साङ्ग्रिला कस्टुमर केयर, केके छन् सुविधा ? 

अर्थ डबली
मंगलवार, कार्तिक १ २०७९
अर्थ डबली
मंगलवार, कार्तिक १ २०७९ (अर्काइभ बाट)
  • साङ्ग्रिला कल सेन्टरको रूपमा साङ्ग्रिला कस्टुमर केयर, केके छन् सुविधा ? 

    काठमाडौँ / साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले कल सेन्टरको रूपमा साङ्ग्रिला कस्टुमर केयर इकाईको शुरूवात गरेको छ । 
    बैङ्कले आफ्ना ग्राहकहरूमाझ विभिन्न सुविधा उपलब्ध गराउने क्रममा कस्टुमर केयर इकाईको शुरूवात गरेको हो । 

    images
    images

    कल सेन्टरको रूपमा स्थापित सो साङ्ग्रिला कस्टुमर केयरबाट प्रवाह हुने सेवाले ग्राहकहरूका विभिन्न जिज्ञासाहरू सहज तरिकाले समाधान हुने कुरामा विश्वास रहेको बैङ्कले जनाएको छ । 

    बैङ्कद्वारा जारी विज्ञप्तिअनुसार उक्त इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरूको जिज्ञासा, उहाँहरूलाई पर्न गएको असुविधा र द्विविधाहरू तथा विभिन्न किसिमका प्रश्नहरूको समाधान गर्नु हो ।  

    यस सम्बन्धि कार्यको लागि तोकिएको फोन नम्बरमार्फत बैङ्कको साङ्ग्रिला कस्टुमर केयरमा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैङ्क सेवासँग सम्वन्धित समस्याहरू समाधान गर्न सक्नेछन् । 

    ग्राहक तथा सम्वन्धित व्यक्तिहरूले बैङ्कको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि विहिवार विहान ९ः ३० देखि वेलुका ५M ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३: ३० सम्म लिन सकिने बैङ्कले जानकारी दिएको छ । 

    बैङ्कका अनुसार तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत साङ्ग्रिला कस्टुमर केयरमा सम्पर्क राखी बैङ्कको बचत तथा मुद्दति खाताका ब्याजदर, एटिएम, मोवाइल बैङ्किङ, इन्टरनेट बैङ्किङमा देखिएका समस्याहरूका समाधानका उपायहरू, बैङ्कको हरेक सन्ध्याकालिन तथा बिदाका दिन बैङ्क खोल्ने समय तालिका, बैङ्कको शाखा कार्यालय भएका स्थान र सम्पर्क नम्बर, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरू यस सेवामार्फत प्राप्त गर्न सकिनेछ ।  

    यस इकाइको शुरुवात भए प्रश्चात ग्राहकहरूले घर आँगनमै बसी फोनमार्फत नै बैङ्क सम्वन्धित हरेक जिज्ञासा सजिलोसँग प्राप्त गर्न सकिने भएकाले यस बाट धेरै ग्राहकहरूले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैङ्कले लिएको छ ।  

    यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामासमेत साङ्ग्रिला कस्टुमर केयर इकाइका कर्मचारीहरूले पुनः ग्राहकवर्गलाई कलव्याक गरी उहाँहरूको समास्याहरूबारेमा जानकारी लिई समस्याको समाधान गरिरहेको बैङ्कले जानकारी गराएको छ । 

    यदि कुनै समस्या साङ्ग्रिला कस्टुमर केयर इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरूद्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको बैङ्कले जनाएको छ । 

    दैनिक रूपमा सयौँको सङ्ख्यामा साङ्ग्रिला कस्टुमर केयरमा आएका कलहरूको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरूलाई पूर्ण रूपले समाधान गर्दै आएको छ ।

    बैङ्कको नेपालभरमा जुनसुकै शाखा कार्यालयमार्फत सेवा लिएका ग्राहकहरूले केन्द्रमा रहेको साङ्ग्रिला कस्टुमर केयरमार्फत आफ्नो जिज्ञासाहरूको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सकिनेछ बताइएको छ । 

    सो सम्बन्धी सेवाले आगामी दिनहरूमा साङ्ग्रिला कस्टुमर केयरले ग्राहक तथा सरोकारवालाहरूलाई थप लाभान्वित गराउने कुरामा बैङ्कले विश्वास रहेको बैङ्कले जनाएको छ । साङ्ग्रिला कस्टुमर केयरबाट सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधी खुल्ला गरी ग्राहकलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गरिने बैङ्कले जनाएको छ । 

    साताको लोकप्रीय