जी–२० शिखर सम्मेलन : विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्ने प्रतिबद्धता

जी–२० शिखर सम्मेलन : विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्ने प्रतिबद्धता

अर्थ डबली
बिहिवार, मंसिर १ २०७९
अर्थ डबली
बिहिवार, मंसिर १ २०७९ (अर्काइभ बाट)
  • जी–२० शिखर सम्मेलन : विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्ने प्रतिबद्धता

    जी–२० समूहको १७औँ शिखर सम्मेलनले विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहो-याएको छ । दुई दिने शिखर सम्मेलनको अन्त्यमा पारित घोषणापत्रमा जी–ट्वन्टी समूहका नेताहरूले विश्वव्यापी आर्थिक पुनरुत्थान, विश्वव्यापी चुनौतीहरूको सामना गर्न र सबल, दिगो, सन्तुलित र समावेशी विकासको जग बसाल्न सहयोग आवश्यक रहेको बताएका छन् ।

    images
    images

    समूहले विकासशील देशहरू, विशेष गरी कम विकसित र साना टापु विकासशील देशहरूलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ । नेताहरूले रोजगारी र वृद्धि प्रदान गर्ने सुदृढ, समावेशी र लचिलो विश्वव्यापी पुनरुत्थान र दिगो विकास हासिल गर्न समन्वय गर्ने बताएका छन् । 

    यसैबीच, समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार शिखर बैठक समापन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिकरूपमा समूहको अध्यक्षता हस्तान्तरण गरेका हुन् । 

    जी ट्वेन्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    साताको लोकप्रीय