काठमाडौँ / नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यससँगै संघमा उनको कार्यकाल दोहोरिएको छ । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्षसहित सबै पद निर्विरोध निर्वाचित भएको हो । त्यस्तै, महासचिवमा दुर्गाराज श्रेष्ठ, उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन र जय सिवाकोटी निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा सुष्मा महरा निर्विरोध भइन् भने कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।
सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, प्रेमहरि मैनाली, कुष्ण प्रधान, राजेन्द्र संग्रौला, दिपक भण्डारी, शिशिर गौतम, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्वलजंग पराक्रम शाह संघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।