काठमाडौँ / डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं सो क्षेत्रका सांसद गगन थापाले कम्प्युटर ल्याब उद्घाटन गर्र्नुका साथै विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
सांसद थापाले समारोहलाई सम्बोधन गर्दै डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्व अन्तरगतको कम्युटर ल्याब हस्तान्तरणले नन्दी विद्यालयका विद्याथीहरूलाई अध्ययन गर्न सहयोग पुग्ने बताएका थिए । डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्युटर उपलब्ध गराई देशको शैक्षिक क्षेत्र विकासमा सहयोगी भूमिका खेलेकोमा डेल्टिन नेपाललाई उनले धन्यवाद समेत दिए ।
त्यसै गरी डेल्टिन नेपालका अपरेसन हेड सुभान्वित गुरुङले कम्पनीको सामाजिक कार्यलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताए । कम्प्युटर ल्याबबाट विद्यार्थीहरूले धेरै लाभ लिनेमा आफू ढुक्क रहेको उनले बताए ।
डेल्टिन नेपालले १७ लाख रुपैयाँको लगानीका २३ वटा कम्प्युटर, प्रोजेक्टर, ३ वटा फ्यानसहित कम्प्युटर ल्याब हस्तान्तरण गरेको हो । डेल्टिन नेपाल प्राइभेट लिमिटेडको सुरुवात डेल्टिन ग्रुपकोे अन्तर्राष्ट्रिय भेन्चरको रुपमा २०७५ साल भदौ १४ काठमाडौंको मेरियट होटलमा खोलिएको थियो । अहिले त्यहाँ २५० जनाले रोजगारी पाएका छन् ।
कम्प्युटर ल्याब हस्तान्तरण समारोहमा काठमाडौं महानगरपालिका वाडा नं १ अध्यक्ष भरतलाल श्रेष्ठ, पर्यटन विभाग निर्देशक काली प्रसाद भुजेल, श्री नन्दी विद्यालयका प्रधानाध्यापक गीता काफ्ले, एभरेष्ट हस्पिटालिटी एण्ड होटल प्रा. लिमिटेडका प्रमुख शशिकान्त अग्रवाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पूर्व आयुक्त डा. सावित्री थापा गुरुङ र प्रहारी नायब उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।