images
images

सञ्चालकहरूको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक : नेपाल चेम्बर

सञ्चालकहरूको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक : नेपाल चेम्बर

मंगलवार, मंसिर २६ २०८०
मंगलवार, मंसिर २६ २०८०
  • सञ्चालकहरूको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक : नेपाल चेम्बर
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरूको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

    धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको  कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने ’ व्यवस्था संशोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको हो । 

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितको  पदाधिकारी  टोलीले अर्थसचिव कृष्णहरि पुष्करसँग अर्थ मन्त्रालयमा आज भेट गरी धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका अव्यवहारिक भएको समेत उल्लेख गरेको छ ।

    कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष राजेन्द्र मल्लले बताए । 

    चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ, ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com