images
images

भारतको विहारमा अटोरिक्सा र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, ६ जना घाइते

भारतको विहारमा अटोरिक्सा र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, ६ जना घाइते

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • भारतको विहारमा अटोरिक्सा र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, ६ जना घाइते
    images
    images

    पूर्वी भारतको विहार राज्यमा बुधबार अटोरिक्सा र ट्रक एकापसमा ठोक्किदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

    विहारको राजधानी पटनाबाट करिब १३६ किलोमिटर दक्षिणपूर्वमा रहेको लखीसराय जिल्लाको बिहरारुरा गाउँ नजिकै लखिसराई–सिकन्द्र राजमार्गमा सो दुर्घटना भएको हो ।

    “आज बिहान सबेरै विपरित दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दियो। 

    दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भयो भने रिक्सा चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,” वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । 

    घाइते ६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

      दुर्घटनामा मारिएकाहरू विवाह समारोहम सरिक भएर घर फर्किदै थिए ।

    मध्यरातको समयमा सडकमा चहलपहल कम भएकाले दुवै सवारीसाधन तीव्र गतिमा गुडिरहेको हुन सक्ने प्रहरीले जनाएको छ ।

    ठक्करबाट अटोरिक्सा पूर्णरूपमा चकनाचुर भएको छ । भारतमा प्रायः यात्रुको अत्यधिक चाप, सडकको खराब अवस्था र लापरवाहीका कारण घातक सडक दुर्घटना हुने गरेको छ ।

     भारतमा हरेक वर्ष करिब ५ लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार