काठमाडौँ / स्थानीय बजारमा सोमबार सुनको मूल्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार स्थिर रहेको सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको हो ।
यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८० कायम भएको छ ।