काठमाडौँ / स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार ३ सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन बढेर आज १ लाख ४० हजार ५ सय निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर यो १ लाख ३९ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २ हजार २ सय ५० रुपैयाँले वृद्धि भएको हो ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० ले घटेको भएको महासङ्घले जनाएको छ । बुधबार १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार ९ सय रुपैयाँ कायम भएको हो ।