काठमाडौँ / सुनको भाउ तेस्रो दिन पनि स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत सोमबारदेखि नै सुनको भाउ स्थिर रहेको छ । महासङ्घले प्रकाशित गरेको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ८ सय ५ रुपैयाँ पर्नेछ ।