काठमाडौँ / नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य पुनः आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ।
यसअघि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । बुधवार तोलामा १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।