images
images

७३ जिल्लाका दुई हजारभन्दा बढीमा देखियो डेंगी, सबभन्दा धेरै काठमाडौँमा

७३ जिल्लाका दुई हजारभन्दा बढीमा देखियो डेंगी, सबभन्दा धेरै काठमाडौँमा

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • ७३ जिल्लाका दुई हजारभन्दा बढीमा देखियो डेंगी, सबभन्दा धेरै काठमाडौँमा
    images
    images
    images
    images

    काठमाडौँ / देशभर दुई हजार जनाभन्दा बढीमा डेंगी रोगको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी संक्रमण देखिएको जानकारी दिए।

    मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने अनुमान छ।

    मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको जनाइएको छ। सबभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेंगी देखिएको छ। यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा संक्रमण देखिएको छ।

    काठमाडौँ उपत्यकामा मात्रै तीन सय १६ जनामा डेंगीको संक्रमण देखिएको छ। काठमाडौँमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको संक्रमण देखिएको हो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com