images
images

सर्वोत्तम सिमेन्टको संस्थागत लगानीकर्ता र म्युचुअल फण्डको स्वामित्वमा रहेको सेयरको ‘लक-इन’ कहिले सकिन्छ ?

सर्वोत्तम सिमेन्टको संस्थागत लगानीकर्ता र म्युचुअल फण्डको स्वामित्वमा रहेको सेयरको ‘लक-इन’ कहिले सकिन्छ ?

बिहिवार, साउन २४ २०८१
बिहिवार, साउन २४ २०८१
  • सर्वोत्तम सिमेन्टको संस्थागत लगानीकर्ता र म्युचुअल फण्डको स्वामित्वमा रहेको सेयरको ‘लक-इन’ कहिले सकिन्छ ?
    images
    images

    काठमाडौँ / सर्वोत्तम सिमेन्टको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक-इन’ अवधि आगामी भदौ २५ गतेपछि सकिने भएको छ ।

    नेपालमा बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने पहिलो कम्पनीको रूप सर्वोतम सिमेन्टले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । 

    त्यस्तै, कम्पनीको योग्य संस्थागत लगानीकर्ताको स्वामित्वमा रहेको २४ लाख कित्ता र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को स्वामित्वमा रहेको १ लाख ५४ जार २२७ कित्ता शेयरको ‘लक-इन’ अवधि उक्त दिनपछि सकिने भएको छ । 

    कम्पनीले सर्वसाधारणलाई गत फागुन २५ गते आइपिओ बाँडफाँट गरेको थियो ।  धितोपत्र दोस्रो बजारमा भने कम्पनीको शेयर गत चैत ५ गते सूचीकृत भएको थियो ।

    सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तामा प्रतिकित्ता ४०१ रुपैयाँ र सर्वसाधारणमा सो मूल्यभन्दा १० प्रतिशत कम ३६० रुपैयाँ ९० पैसामा आइपिओ बिक्री गरेको हो। 

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार