images
images

सामान्य अङ्कले बढेको बजारमा २० अर्ब बढीको कारोबार, कसले कति कमाए ?

सामान्य अङ्कले बढेको बजारमा २० अर्ब बढीको कारोबार, कसले कति कमाए ?

बिहिवार, साउन २४ २०८१
बिहिवार, साउन २४ २०८१
  • सामान्य अङ्कले बढेको बजारमा २० अर्ब बढीको कारोबार, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन बजार सामान्य अङ्कले बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार १०८ अङ्कले बढेको शेयर बजार आज बिहिबार भने ६.७० अङ्कले बढेको छ । 

    सोे अङ्कको वृद्धिपछि नेप्से परिसुचक २ हजार ७६६.३८ अङ्कमा कायम भएको छ । यस अघि अर्थात गत मंगलबारमा भने शेयर बजार १४५ अङ्कले घटेको थियो । 

    आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ र चार कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । आज दिनभरिमा ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ कम्पनीको परिसूचक बढेको छ भने बाँकी सात कम्पनीको परिसूचक घटेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ५.८७ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले घटेको छ ।

    यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । 

    1.PNG

    यस्तै, एनआरएन इन्फ्रास्टक्चरको मूल्य सर्वाधिक ८.०४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९९९ रूपैयाँ ६० पैसामा झरेको छ । १०५ सानिमा बैंक डिबेन्चरको मूल्य ७.६९ प्रतिशतले घटेको छ। उक्त बैंकको प्रति डिबेन्चर मूल्य एक हजार ४४ रूपैयाँ कायम भएको छ।

    2.PNG

    बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य ७०१ रूपैयाँ ८० पैसामा १ अर्ब २० करोडको सेयर कारोबार भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९५९ रूपैयाँमा १ अर्ब ७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    3.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार