काठमाडौँ / पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गनेृ भएको छ । कमपनीले आइपिओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो।
कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ। पिपुल्सलाई आइपिओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो।
धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपिओ निष्कासन प्रक्रिया अघि बढाउनेछ। कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
२०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए।
आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य जारी छ। आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग–खिम्ती सवस्टेशनमा चार्ज गर्ने गरी भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको कामसमेत जारी रहेको अर्यालले बताए।
सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ।