काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ।
नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
यि कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
प्सेले नेशनल लाइफको ४ प्रतिशत बोनश शेयर समायोजन गरेको हो छ । सूर्योदय वोमी लघुवित्तको १४.००५१४३ प्रतिशत बोनश शेयर समायोजन गरेको हो।
समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ७०५ रुपैयाँ ७७ पैसा कायम भएको छ भने सूर्योदय वोमीको शेयरमूल्य १ हजार १३ रुपैयाँ ११ पैसा कायम भएको छ।