images
images

आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
    images
    images

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

    मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

     सोमबार बिहान बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। 

    सोमबार दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको हुने सम्भावना छ।  

    कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि हुने महाशाखाले पूर्वानुमान गरेको छ।

    सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशमका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार