images
Logo
images
images
images

कोरोना बीमाको रकम माग गर्दै सर्वोच्चमा मुद्दा दायर, पेशी अब्दुल अजीजको इजलासमा

कोरोना बीमाको रकम माग गर्दै सर्वोच्चमा मुद्दा दायर, पेशी अब्दुल अजीजको इजलासमा

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • कोरोना बीमाको रकम माग गर्दै सर्वोच्चमा मुद्दा दायर, पेशी अब्दुल अजीजको इजलासमा

    काठमाडौँ / नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशीको सुनुवाइ सोमबार हुने भएको छ ।

    images
    images
    images
    images

    न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सो पेशी परेको छ । रिटको पेशी इजलासको १० औँ नम्बरमा रहेको छ ।

    बीमा कम्पनीहरूको तर्फबाट संघका महासचिव अशोककुमार खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरण (साविक बीमासमिति)लाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

    सरकारले कोरोना बीमावापतको ११ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । विगत ४ वर्षदेखि सो भुक्तानी माग गर्दा पनि सरकारले उपलब्ध नगराएपछि संघ अदालत गएको हो ।

    बीमक संघद्वारा सर्वोच्चमा मुद्दा दायर

    कोरोना बीमा बापतको दाबी भुक्तानी गर्न माग गर्दै नेपाल बीमक संघले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

    कोरोना बीमा बापतको दाबी भुक्तानी माग गरेको ४ वर्ष हुँदा पनि अझै एक लाखभन्दा बढी बीमितले भुक्तानी पाएका छैनन् । उनीहरूले ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी नपाएका हुन् । सो भुक्तानी नेपाल सरकारले दिनुपर्ने हो ।

    सरकारले बीमा कम्पनीहरूलाई करिब २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारले बीमित र कम्पनीहरूलाई जम्मा ११ अर्ब रुपैयाँ बढी रकम कोरोना बीमाबापत भुक्तानी दिन बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार