काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंकहरुमा डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब २० करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।
मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले भदौ २६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।