कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • images
    images
    कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर भदौ २४ गतेदेखि विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ । साथै कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा समेत आवेदन पेश गर्न सकिने व्यवस्था छ ।

    तोकिएको अवधिभित्र यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com