images
images

आर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : अध्यक्ष ढकाल

आर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : अध्यक्ष ढकाल

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • आर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : अध्यक्ष ढकाल
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय वित्त निगम र महासंघको सहकार्य आवश्यक रहेको बताएका छन् । 

    सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा ढकालले यस्तो धारणा राखेका हुन् । 

    सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र सुधारका कार्यक्रम अघि बढाएको जानकारी गराउँदै भने, ‘सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नु पर्दछ ।’ 

    ढकालले दुई संस्थाहरू मिलेर स्थानीय र अन्तर्राष्ट्रिय बजारमा काम गर्न सकिने बताए । उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराएका थिए । 

    अध्यक्ष ढकालले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीति, निर्माताहरूका लागि महत्त्वपूर्ण भएको जानकारी दिए ।  

    अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने ढकालले बताए । 

    भेटको क्रममा निर्देशक फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए । नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि यो देशका लागि अवसर सिर्जना गर्ने समय भएको फाखौरीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com