images
images

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, गरे पदबहाली

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, गरे पदबहाली

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, गरे पदबहाली
    images
    images
    images
    images
    images
    images

    काठमाडौं / प्रधान सेनापति अशोकराज सिग्देलले पद बहाली गरेका छन्।

    उनले जंगी अड्डास्थित कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

    सोमबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले दर्ज्यान्ही चिन्ह लगाइदिएका थिए। सिग्देलले पद तथा गोपनीयताको शपथ समेत लिएका थिए।

    सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

    उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली समेत अर्पण गरेका थिए।

    २०२३ साल माघ १९ गते रूपन्देहीमा जन्मिएका सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए। गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

    प्रधानसेनापति सिग्देल को हुन् ?

    प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातक र आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गरेका छन्।

    राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिनुभएका प्रधानसेनापति सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
     
    ३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमाण्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड गरेको अनुभव छ। प्रधानसेनापतिले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्याण्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए। कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सचिवका रूपमा पनि उनले काम गरेका थिए।

    उनले अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्गत पूर्वी युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता स्थानमा सेवा गरिसकेका छन्। 

    सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप प्रधानसेनापति सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन्। संगठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उनले दुईपटक ‘प्रधानसेनापति प्रशंसा पदक’समेत पाएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com