images
images

नेपाल पुलिस क्लब महिला भलिबल टिमको लागि सिप्रदी ट्रेडिङ मुख्य प्रायोजकको रूपमा

नेपाल पुलिस क्लब महिला भलिबल टिमको लागि सिप्रदी ट्रेडिङ मुख्य प्रायोजकको रूपमा

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • नेपाल पुलिस क्लब महिला भलिबल टिमको लागि सिप्रदी ट्रेडिङ मुख्य प्रायोजकको रूपमा
    images
    images
    images
    images

    काठमाडौँ / सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल पुलिस क्लब महिला भलिबल टिम बिच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ । 

    सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीले हस्ताक्षर गरेका  छन् ।

    काभा महिला भलिबल क्लब च्याम्पियनसिप २०२४, माल्दिभ्स भलिबल संघले यहि २०२४ सेप्टेम्बर १५ तारिख देखि २१ तारिखसम्म आयोजना गर्न लागेको हो । 

    उक्त खेलमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, भुटान,भारत, इरान, काजकिस्तान, पाकिस्तान, श्रीलकां, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरि १३ एसियाली वटा राष्ट्रका क्लवहरुले सहभागिता जनाउनेछन ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com