काठमाडौँ / सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घटे पनि चाँदीको भाउ भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो ।
बुधबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ७ सय ९५ रुपैयाँ पुगेको हो ।