images
images

बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन

बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन

    काठमाडौँ / नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ।

    images
    images
    images
    images

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

    ‘बाढीपीडितको सहयोगका लागि कांग्रेसले तत्काल ५० लाख सरकारको कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ प्रवक्ता महतले भने, ‘संसदीय दलले पनि सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय भएको छ।’

    उनकाअनुसार कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न पनि निर्देशन दिइएको छ।

    साथै कांग्रेसले अवरूद्ध भएका सडकहरू तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार