images
images

काठमाडौँसहित यी स्थानमा सडक अझै अवरुद्ध, सवारी आवागमन बन्द

काठमाडौँसहित यी स्थानमा सडक अझै अवरुद्ध, सवारी आवागमन बन्द

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • काठमाडौँसहित यी स्थानमा सडक अझै अवरुद्ध, सवारी आवागमन बन्द

    काठमाडौँ / अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण काठमाडौँसहित विभिन्न स्थानका सडक अझैँ अवरुद्ध भएको छ । 

    images
    images
    images
    images

    काठमाडौँ उपत्यकास्थित विभिन्न खोला करिडोरका पुलमुनि लेदोसहितको माटो जमेका कारण सवारीसाधन चल्न सकेका छैनन् ।

    काठमाडौँको टेकुस्थित विष्णुमती पुल, परोकार, बल्खु पुल, ललितपुरको सानेपास्थित कालोपुल र कुपण्डोलको वाग्मती पुलमुनिको बाटो हुँदै चल्ने सवारीसाधन चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको हो । 

    आइतबार बिहान साढे ११ बजेसम्मको ट्राफिक प्रहरीको विवरणानुसार, कीर्तिपुर–चोभार र बल्खु–चोभार सडकखण्ड पनि पहिरोको कारण अवरुद्ध भएको छ । 

    ललितपुरको ताखेल हुँदै चल्ने सवारीसाधन पनि पहिरोका कारण प्रभावित भएका छन् । ललितपुरकै नख्खुडोलस्थित पुल भासिएकाले सवारी आवागमन बन्द भएको छ ।

    विभिन्न स्थानमा खसेको पहिरोको कारण नागढुंगा, सिस्नेरी, फर्पिङ, कान्ति लोकपथ, तीनपिप्ले र भीमढुंगा हुँदै चल्ने सवारीसाधन प्रभावित भएका छन् । 

    योसँगै देशैभरका केही राजमार्ग पनि बाढीपहिरोका कारण अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकका विभिन्न स्थान र सिन्धुलीको सुनकोसी गाउँपालिका–१ र २ मा बाढीपहिरोले गर्दा बीपी राजमार्ग अवरुद्ध छ ।

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११, पहरीगाउँमा पनि पहिरो खस्दा अरनिको राजमार्ग हुँदै चल्ने सवारीसाधन पूर्ण रूपमा प्रभावित भएका छन् ।

    रसुवाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङल्हामु राजमार्गमा सवारीसाधन प्रभावित भएका ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अकरेभीर, फिक्कल गाउँपालिका–२, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०, बर्खेटार र हलेसी तुवाचुङ–१ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

    ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित भण्डारेखोलामा पहिरो खस्दा ओखलढुंगा–घुर्मी सडकखण्ड अवरुद्ध छ ।

    रामेछाको मन्थली नगरपालिका–६ स्थित सुनकोसी नदीले पुल बगाउँदा सिन्धुली–रामेछाप चल्ने सवारीसाधनको आवागमन रोकिएको छ ।

    उदयपुरको कटारी नगरपालिका–८ गेरुडाँडा र कटारी–११, गहुँबारीमा खसेको पहिरोले सिद्धिचरण राजमार्गमा सवारीसाधन प्रभावित भएका छन् ।

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–३, हिउँदेखोलामा  पहिरो खसेर कालीगण्डकी करिडोरमा सवारीसाधन प्रभावित भएका छन् ।

    रुकुम–घोराही सहिद राजमार्गस्थित रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलाबाङमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार