images
images

झ्याप्लेखोला पहिरो अपडेट : फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान, को–को थिए ? (नामावलीसहित)

झ्याप्लेखोला पहिरो अपडेट : फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान, को–को थिए ? (नामावलीसहित)

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • झ्याप्लेखोला पहिरो अपडेट : फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान, को–को थिए ? (नामावलीसहित)

    धादिङ / धादिङको धुनिबेशी नगरपालिका–९ झ्याप्लेखोला गएको पहिरोले पुरिएर मृत्यु भएका १३ यात्रुको शवको पहिचान खुलेको छ। 

    images
    images
    images
    images

    हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो । 

    झ्याप्लेखोलमा पहिरोले गाडी पुर्दा मृत्यु भएका मध्ये शनिबार रातिसम्म १४ जनाको शव फेला परेको थियो। आज थप १६ वटा शव फेला परेको हो।

    फेला परेकामध्ये १३ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। 

    उनका अनुसार सनाखत हुनेमा स्याङजाको गल्याङ नगरपालिका–३ का सीता भट्टराई, उनका छोरा दिपेश भट्टराई र दिपिका भट्टराई छन्। 

    यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्। 

    त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ। 

    उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ। सनाखत भएका शनिबारै निकालिएका थिए। 

    आज निकालिएका शवको पहिचान हुन बाँकी छ। शनिबार पहिरोले पुरिएको अवस्थामा माइक्रो बसबाट ५ वटा र अर्को बसबाट ९ वटा गरी १४ जनाको शव निकालिएको थियो।

    आज ४ महिला १२ पुरुष गरी जम्मा १६ वटा शव निकालिएको हो। ८ वटा शव बाहन उद्दारको लागि घटनास्थलतर्फ गएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार