images
images

हवाई भाडा नबढाउन निजी सेवाप्रदायकलाई प्रधानमन्त्रीको आग्रह

हवाई भाडा नबढाउन निजी सेवाप्रदायकलाई प्रधानमन्त्रीको आग्रह

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • हवाई भाडा नबढाउन निजी सेवाप्रदायकलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ / अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा हवाई भाडा नबढाउन निजी हवाई सेवा प्रदायक कम्पनीहरूसँग आग्रह गरेका छन् । ओलीले आइतबार सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै भाडा सहुलियतमा गर्न वा यसअघिकै भाडा दर कायम गर्न अनुरोध गरेका हुन् । 

    images
    images
    images
    images

    उनले भनेका छन्, ‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।’ 

    प्रधानमन्त्री ओलीले उद्धार उडानको व्यवस्थासमेत सरकारले गरेको बताएका छन् । उनले भनेका छन्,  ‘नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुका लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ।  हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार