images
images

कोशी प्रदेशमा हालसम्म बाढीपहिरोमा परेर १४ जनाएको मृत्यु, १३ घाइते, ३९ घर पूर्णरुपमा क्षतिग्रस्त

कोशी प्रदेशमा हालसम्म बाढीपहिरोमा परेर १४ जनाएको मृत्यु, १३ घाइते, ३९ घर पूर्णरुपमा क्षतिग्रस्त

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • कोशी प्रदेशमा हालसम्म बाढीपहिरोमा परेर १४ जनाएको मृत्यु, १३ घाइते, ३९ घर पूर्णरुपमा क्षतिग्रस्त

    विराटनगर / बाढीपहिरोमा परेर कोशी प्रदेशमा हालसम्ममा १४ जनाको मृत्यु भएको छ । 

    images
    images
    images
    images

    विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १४ जनाको मृत्यु भएको हो । यस्तै, १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । 

    कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ । 

    यस्तै धनकुटास्थित तमोर नदीमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

    1.webp

    ६४ वटा पशुचौपाया मरे

    यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् । यस्तै पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ । 

    १३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

    मृत्यु हुनेमा कहाँ–कहाँको ? 

    शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रूपु मगरको मृत्यु भएको हो । पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएका छन् ।

    2.webp

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार