images
images

विपद्मा वायुसेवा कम्पनीहरूको व्यापार, भाडादर तोकेको १५ दिन नपुग्दै ६ हजार बढी असुल्न थालियो

विपद्मा वायुसेवा कम्पनीहरूको व्यापार, भाडादर तोकेको १५ दिन नपुग्दै ६ हजार बढी असुल्न थालियो

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • विपद्मा वायुसेवा कम्पनीहरूको व्यापार, भाडादर तोकेको १५ दिन नपुग्दै ६ हजार बढी असुल्न थालियो

    काठमाडौँ / विपद्को समयमा निजी वायुसेवा कम्पनीहरूले हवाई भाडामा असामान्य बृद्धि गरेका छन् । भदौ २६ मा दसैँका लागि अग्रिम हवाई टिकट बुकिङ सुरु गरेका हवाई कम्पनीहरूले १५ दिन नपुग्दै विपद्को मौका छोपेर भाडा असुलेको देखिन्छ । 

    images
    images
    images
    images

    भदौमा हवाई कम्पनीहरूले विराटनगरका लागि न्यूनतम् भाडादर ६ हजार रुपैयाँ तोकेको थियो । तर, १५ दिन नपुग्दै विराटनगरको भाडादर करिब १० हजार रुपैयाँसम्म लिन थालेका छन् । 

    यस अवधिमै हवाई कम्पनीहरूले काठमाडौँदेखि विराटनगरको हवाई भाडा ३ हजार ८ सय रुपैयाँ अर्थात ३८.७८ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै, धनगढीको हवाई भाडा ३६.५० प्रतिशत अर्थात ६ हजार २ सय रुपैयाँ बढीले बृद्धि भएको देखिन्छ ।

    यसअघि धनगढीको हवाई भाडा १० हजार ८ सय रुपैयाँ रहेकोमा अहिले १७ हजार रुपैयाँसम्म लिएको पाइएको छ । काठमाडौँबाट नयाँ दिल्लीसम्मको हवाई भाडा ११ हजार २८२ रुपैयाँ रहेको छ । दिल्लीको तुलनामा धनगढीको हवाई भाडा ३३.६४ प्रतिशतले बढी हो । 

    सरकारले हवाई टिकटको न्यूनतम र अधिकतम भाडादर तय गरेको हुन्छ । एयरलाइन्स कम्पनीहरूले सोही अनुसार भाडा लिने गर्छन् । यात्रुले टिकट काट्दा न्यूनतमदेखि अधिकतम भाडा छनोटको सुविधा पनि दिइएको हुन्छ ।

    अहिले विपद्को मौका छोपेर हवाई कम्पनीहरूले अधिकतम् भाडा असुलेको भदै यात्रुहरू आक्रोशित बनेका छन् । बिहीबार साँझदेखि निरन्तर बर्षा भएपछि देशभर बाढी पहिरोको प्रभाव देखिएको छ । अधिकांश सडक बाढी, पहिरोको चपेटामा परेपछि सवारी आवागमन प्रभावित बनेको छ । यो समयमा अत्यावश्यक कामकारहीका लागि आवतजावत गर्ने एउटै माध्यम वायु हो । तर, विपद्को मौका छोपेर वायुसेवा कम्पनीहरूले हवाइ भाडा असुल्न थालेपछि यात्रुहरू आक्रोशित बनेका हुन् । 

    विपदको बेला निजी वायुसेवा कम्पनीले मनपरी भाडा असुलेको विषय बाहिरिएपछि हाल अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गरेका छन् । 

    सामाजिक सञ्जालमार्फत विपत्तिको सामान्य अवस्थाको भन्दा कम भाडा दिन वायुसेवा कम्पनीहरूसँग आग्रह समेत गरेका छन् । त्यस्तै, मनपरी भाडा बढाएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल हवाई भाडा घटाउन सरकारलाई निर्देशन दिएको छ । 

    शुक्रबार बिहानदेखि लगातार झरी परेपछि धेरै जिल्लाहरूको काठमाडौँसँग सम्पर्क विच्छेद भएको छ । यसको फाइदा उठाउँदै हवाई भाडा बृद्धि भएपछि समितिले विकराल तथा प्रतिकूल परिस्थितिमा विकल्पको रूपमा रहेको हवाई यातायातसमेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले अचाक्ली मूल्य बढाएपछि समितिले चासो दिएको हो । 

    यता, वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य बढ्ने र चाप घट्दा घट्ने प्रावधानअनुसार नै टिकटको मूल्य निर्धारण गरेको बताएको छ । 
    विप्दमा हवाई भाडा चर्को असुल्न थालेपछि नियामक निकायको समेत चौतर्फी आलोचना हुन थालेको छ ।

    हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण -क्यान_ले पनि  विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ । 

    प्रधानमन्त्री र संसदीय समितिले समेत भाडा घटाउन निर्देशन दिएपछि नागरिक उड्यन प्राधिकरणले आन्तरिक उडान गर्दै आएका वायससेवा कम्पनीहरूलाई छलफलमा बोलाएको जनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार