images
images

एभरेष्ट बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने

एभरेष्ट बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • एभरेष्ट बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने
    images
    images

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपेप्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपालपे मर्चेन्टहरूका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । 

    उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

    यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे  तथा यसका interoperable QR को मर्चेन्ट क्यूआरमा अलिपेप्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।

    चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

    अलिपेप्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि एक्वुरिङ नेटवर्क, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरू आबद्ध रहेका छन् । 

    अलिपेप्सको नेटवर्कमा अलिपे चाइना, ओसिबिसि, चाङ्गीपे, जिक्यास, अलिपेएचके, हाइपे, काकाओपे, टोसपे, नेभरपे, TnGD, पिबिबि, ट्रुपे एमपे, तिनबामार्फत अन्तरदेशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ ।  

    एनसीएचएलले अलिपेप्ससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । 

    यस पहल अनुरूप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालक्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रूपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपालपे क्यूआरको नेटवर्कमा ८ लाख ५० हजार रुपैयाँभन्दा बढी (interoperable QR समेतका) मर्चेन्टहरू आबद्ध रहेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार