images
images

एनवाईईएफ कनेक्ट शुभारम्भ देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य

एनवाईईएफ कनेक्ट शुभारम्भ देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • एनवाईईएफ कनेक्ट शुभारम्भ देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य
    images
    images

    काठमाडौँ / नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले कात्तिक २३ गते काठमाडौँमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरुको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरूलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमीमाझ सहकार्य र अवसर प्रवद्र्धन गर्नु हो । 

    एनवाईईएफ कनेक्टको लक्ष्य स्रोत, सञ्जाल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरूलाई सशक्तीकरण गर्नु र दिगो प्रगति प्रवद्र्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई बढावा दिनु हो । 

    प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेको ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथिको रूपमा सहभागी थिए ।  

    समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति÷पूर्वअध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरुको जोशिलो र परस्पर सम्बद्ध समुदायको महत्त्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेसनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत ११० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो । 

    9.JPG

    एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदानप्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रुपान्तरणकारी प्लेटफर्मको रूपमा रहेको छ । 

    यो प्लेटफर्म उद्यमीहरूलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदानप्रदान गर्न, प्रतिभावानलाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दिगो विकास प्रवद्र्धन गर्न प्रतिबद्ध छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार