काठमाडौँ / विजय बराल अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले १० दिनमै करिब १८ करोड रुपैयाँ कमाएको छ । घरेलु बक्स अफिसमा शनिबारसम्म फिल्मले १७ करोड ९८ लाख ग्रसको व्यापार गरेको हो ।
चलचित्र वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार आइतबारको व्यवसाय आउन बाँकी छ । आइतबार पनि करिब २ करोडको व्यवसाय गरेको हुनसक्ने वितरक कम्पनीको अनुमान छ ।
फिल्मको कूल कलेक्सनमा काठमाडौँ उपत्यकाको हिस्सा ५२ प्रतिशत र मोफसलको ४८ छ । फिल्मले देशभरका हलमा ४८० शो पाएको छ । यो शो नेपाली फिल्मको अहिलेसम्मकै उच्च हो ।
आठ दिनसम्म ११ करोड १० लाख ग्रस कमाएको फिल्मले शुक्रवार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको हो ।