images
images

उद्योगको बिजुली लाइन कुलमानले नजोडिदिएपछि प्रधानमन्त्रीको प्रतिक्रिया : कुनै पनि हालतमा देश बिगार्न दिन्न

उद्योगको बिजुली लाइन कुलमानले नजोडिदिएपछि प्रधानमन्त्रीको प्रतिक्रिया : कुनै पनि हालतमा देश बिगार्न दिन्न

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • उद्योगको बिजुली लाइन कुलमानले नजोडिदिएपछि प्रधानमन्त्रीको प्रतिक्रिया : कुनै पनि हालतमा देश बिगार्न दिन्न
    images
    images

    विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाए । 

    उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “कुनै पनि हालतमा देश बिगार्न दिन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।”

    प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पारे । 

    ओलीले आफूले एक वर्ष ८ महिना सरकार चलाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने पनि बताए । ‘त्यसपछि चुनाव हुने र अर्को परिणामअनुसार सरकार बन्ने उनले उल्लेख गरे । 

    उनले माओवादी केन्द्र सरकारमा नभएपछि आन्दोलन गर्ने भनिरहेको बताए । यस्तै माओवादीले सरकारले एसपीपी सम्झौता गर्न लाग्यो भनेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यो ‘छटपटी’ भएको बताए । 

    “मैले छटपटिएको जवाफ दिनु आवश्यक छैन । एसपीपी कहाँबाट निकाल्नु भयो । उहाँहरू सरकारमा हुँदा अलिअलि कुरा चलेको थियो । सम्झौता गर्ने कुरै छैन,” उनले भने । 

    ओलीले संविधान संशोधन संसदबाटै हुने र आयोग गठन नहुने बताए । “आयोग किन गठन गर्ने ? संविधान संशोधन संसद्ले गर्ने हो,” ओलीले भने । 

    उनले कांग्रेस नेता शेखर कोइरालाले असन्तुष्टि जनाएको विषयमा आफूलाई थाहा नभएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार