काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ कायम भएको हो ।
बिहीबार तोलामा १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।