images
images

गढिमाई मेला सुरक्षाको लागि करिब ५ सय जना सुरक्षा फौज परिचालन

गढिमाई मेला सुरक्षाको लागि करिब ५ सय जना सुरक्षा फौज परिचालन

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • गढिमाई मेला सुरक्षाको लागि करिब ५ सय जना सुरक्षा फौज परिचालन
    images
    images

    बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करीब ५ सय जना सशस्त्र प्रहरी २४सै घण्टा परिचालित भएको छ । मंसिर १ गतेदेखि सुरु भएको मेला यही ३० गतेसम्म सञ्चालन हुनेछ । 

    उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमाण्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमाण्डमा मेला अवधीभरको लागि मेलास्थलमा कमाण्ड पोष्ट स्थापना गरिएको छ ।

    मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ । मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना दुर्घटना भएमा तत्कालै उद्धारको लागि विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको छ ।

    उक्त मेलामा ठुलो संख्यामा भक्तजनहरुको उपस्थिती हुने भएकोले मेला सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरी बल नेपालले उच्च सर्तकता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधीभर परिचालित रहने छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार