चर्चित गायक रामचन्द्र काफ्ले र अनु चौधरीसँगको नयाँ गीत ‘ओई सुवा, ओई बाज’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
धनगढि महोत्सवमा एक कार्यक्रम माझ सार्वजनिक गरिएको उक्त गीतका गीतकार मंगल जयगडि रहेका छन् भने यसका संगीतकार राजेश कैदी रहेका छन् ।
यस गीतमा संगीत ब्यवस्थापन (एरेन्ज) संगीतकार शिशीर साधकले गरेका छन् तथा म्यूजीक भिडीयो मा पाश्र्व संगीत कीरण तुलाधरले दिएका छन् ।
मिलन शंकरद्वारा छायांकित म्यूजीक भिडीयोको सम्पादन नहकुल खड्काले गरेका छन् । वरिष्ठ निर्देशक विभोर पोखरेलद्वारा निर्देशित यस गीतको म्यूजिक भिडीयोमा वरिष्ठ कलाकार सुनिल थापाका साथै रीमा विश्वकर्मा, बिवेक पौडेल, निकेन महर्जन तथा नवोदित चरित्र अभिनेता मीरेश अधिकारीको अभिनय हेर्न सकिन्छ ।
गत मंसिर २४ गते सार्वजनिक गरिएको उक्त भिडियो उत्साहजनक भ्यूज आइरहेको कुरा गायक रामचन्द्र काफ्लेले बताएका छन् ।