images
images

चालु आर्थिक बर्षको चार महिनासम्मको तथ्याङ्क : कस्तो देशको आर्थिक तथा वित्तीय स्थिति ?

चालु आर्थिक बर्षको चार महिनासम्मको तथ्याङ्क : कस्तो देशको आर्थिक तथा वित्तीय स्थिति ?

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ भने शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा छ ।

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • चालु आर्थिक बर्षको चार महिनासम्मको तथ्याङ्क : कस्तो देशको आर्थिक तथा वित्तीय स्थिति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको चार महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार मूल्यवृद्धि ५.६० प्रतिशत रहेको छ । त्यस्तै, चार महिनामा आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ भने शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा छ ।

    कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ । नेपाल सरकारको खर्च ४१५ अर्ब २ करोड रुपैयाँ र राजस्व परिचालन ३२३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

    विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

    वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत
    रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार