images
images

चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने घटे

चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने घटे

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने घटे
    images
    images
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्षको चार महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ९.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनदेखि कार्तिक मसान्तसम्म ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो । 

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८ सय ४१ थियो । सो तुलनामा यस बर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com