images
images

सूर्य नेपाल काठमाडौँ ओपन : तेस्रो दिन निरज शीर्ष स्थानमा, एमेच्योर सदभाव एक स्ट्रोकले पछि

सूर्य नेपाल काठमाडौँ ओपन : तेस्रो दिन निरज शीर्ष स्थानमा, एमेच्योर सदभाव एक स्ट्रोकले पछि

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • सूर्य नेपाल काठमाडौँ ओपन : तेस्रो दिन निरज शीर्ष स्थानमा, एमेच्योर सदभाव एक स्ट्रोकले पछि
    images
    images

    काठमाडौँ / डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल काठमाडौँ ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन्। 

    ५४ होलको खेल सकिंदा निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन्।‌

    एमेच्योर सद्भावले पनि ४-अन्डर ६४ स्कोर गर्दा समग्रमा ९-अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए ।

    दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १-ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६-अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे। समग्रमा ५-अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे। 

    उनले आज १-अन्डर ६७ को स्कोर निकाले। एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा रहे। उनले पनि आज १-अन्डर ६७ मा खेल सकाए।

    इभन-पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १-अन्डर २०३ सहित छौटौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन-पार २०४ सहित सातौँ स्थानमा उक्लिए । 

    उनले तेस्रो दिनको खेल १-अन्डर ६७ मा सकाए । समग्रमा २(ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे । 

    वसन्त र रामेले ३-अन्डर ६५ र प्रदीपले इभन-पार ६८ को स्कोर दर्ज गरे । रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरूवात राम्रो गरे ।

    दोस्रो, चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे। नवौँ होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पूरा गरे ।

    यसपछि १०औँ र ११औँ होलमा बर्डी प्रहार गरे भने १२औँ होलमा बोगी खेल्दै ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले ।

    सद्भावले बोगी रहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १(अन्डर ३३ र ब्याक नाइन ३-अन्डर ३१ मा सकाए । उनले चौथो, दशौँ, तेर्हौँ र सत्रौँ होलमा बर्डीको सफलता प्राप्त गरे।

    विष्णुले फ्रन्ट नाइन १-अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौँ होलमा बर्डी प्रहार गर्दा पाँचौँ र आठौँ होलमा एक-एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए ।

    १०औँ होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २-ओभर ३६ मा सकाए। कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । 

    विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । 

    साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार